Logo

राजनीति

ओलीको भन्छन् : एम अधिकारी खोजी नगरे हुन्छ, कांग्रेस केन्द्रीय विभागका प्रमुख न्यायाधीश छन्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका नेता पनि रहेका भन्दै खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् । एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले न्यायालयमा कांग्रेस केन्द्रीय विभागका प्रमुख नै न्यायाधीश रहेको दाबी गरे ।

‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस’, उनले भने, ‘सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ, कहिले पनि सुनिएन नि त ?’ राज्यका अरु निकायमा पनि कांग्रेस कार्यकर्ता रहेको भन्दै ओलीले उनीहरुले राजीनामा दिएको नसुनिएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले ल्याएको बजेट भ्रष्ट भएको टिप्पणी पनि गरे । ‘यो भ्रष्ट बजेट हो । फुटेज हटाउनु र ड्यामेज गर्नु नै पर्याप्त छैन र ? हल्लालाई बहस र बहसलाई हल्लामा परिणत गर्ने मेरो रुची छैन’, ओलीको भनाइ छ । उनले यति होल्डिङसलाई राजतन्त्रका पालामा दिएको र सुशिल कोइरालाका पालमा ट्रान्सफर गरेका भन्दै बचाउ गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले विकास र निर्माणका सही नीति लिएको दावी समेत गरे ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १८:४८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।