काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेशी जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताएका छन् । अघिल्लो पटक मधेश आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र त्याे अहिले पूरा गरेकाे उनले बताए ।
‘तराई मधेसको नागरिकता समस्या आउँदो सदनमा हर हालतमा समाधान गरिनेछ भनेर विश्वास दिलाएको थिएँ । माओवादी केन्द्रले हिजो जे प्रतिवद्धता गरेको थियो, त्यसलाई पूरा गरको छ’, शनिबार सर्लाहीको बागमती नगरपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हिजोबाट हमीले नागरिकताको समस्या समाधान गर्ने निर्णय गर्यौं ।’ नागरिकताको समस्याबाट पीडित नागरिकलाई उनले बधाई पनि दिए ।
प्रतिनिधिसभाले शुक्रबार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । विधेयक पारित भएसँगै जन्मका आधारमा नेपाली नागरिकता पाउने नेपालीको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुलेको छ । त्यस्तै बाबुको पहिचान नखुलेका नेपाली नागरिकले पनि आमाको नामबाट नागरिकता पाउनेछन् ।




















प्रतिक्रिया