Logo

अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ ।

चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार ११ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १२:१५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।