Logo

राजनीति

वर्षमान पुन भन्छन्- समाजवादी केन्द्र बनाउने सहमति भइसक्यो, अब चुनावमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुन्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको दाबी गरेका छन् । आइतबार संसद परिसरमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ नेता पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं ।’ उनले आगामी संघीय निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुनेसमेत प्रष्ट पारे ।

कांग्रेससहितको पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने तयारी भइरहेका बेला नेता पुनले कांग्रेससँग आवश्यकताका आधारमा मात्र तालमेल हुने स्पष्ट पारेका हुन् । ‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ उनले थपे ।

चुनावी मोर्चा बनेपनि कसैसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको उनले बताए । समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने र त्यसको नेतृत्व समाजवादी केन्द्रले गर्ने नेता पुनको दाबी छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १५:३४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।