काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन अन्तरगत जारी मतगणनामा संस्थापन इतर पक्षको अग्रता कायमै छ । ९६२ मत गणना भइसक्दा संस्थापन इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्सालले ५१८ मतका साथ अग्रता कायर्म राखेका छन् । उनी मत गणनाको सुरुवाती चरणबाटै अगाडि छन् ।
यस्तै, संस्थापन प्यानलकी अनिता बिन्दुले ४१८ मत पाएकी छन् । अध्यक्ष र महासचिवसहित अधिकांश पदमा संस्थापन इतर समूहले अग्रता बनाएको हो । यस्तै उपाध्यक्ष्य, महासचिव लगायतमा पनि संस्थापन इतरकै उम्मेदवारहरु अगाडि छन् ।




















प्रतिक्रिया