काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक यही १५ साउनमा (आगामी आइतवार) बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले परिषद्को १ सय १३ औं बोर्ड बैठक साउन १५ गते बोलाएका हुन् ।
राखेप सदस्य सचिव टंकलाल घिसिङका अनुसार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको बैठक हलमा बस्ने बैठक बिहान साढे ११ बजे सुरु हुनेछ । बैठकमा मुख्य दुई एजेण्डा राखिएको छ । राखेपको वार्षिक कार्य योजना र नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा बैठक बस्न लागेको हो ।
नयाँ आर्थिक वर्ष सुरु हुँदै गर्दा मन्त्रालयले वार्षिक कार्य योजना सहितको छलफल गर्न बोर्ड बैठक बोलाएको हो । राष्ट्रिय खेलकुद विकास ऐनमै परिषदको काम, कर्तव्य र अधिकारमै बोर्ड बैठकले वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने उल्लेख छ । यस्तै असोजमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा समेत बैठकमा छलफल हुने बताइएको छ ।




















प्रतिक्रिया