Logo

स्वास्थ्य

खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित



खोप सकिएपछि काठमाडौं स्वास्थ्य कार्यालयले शुक्रबार खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खोप अभियान आजबाट स्थगन गरिएको जानकारी दिएका हुन् ।

असार २९ गतेदेखि साउन २ गतेसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गरिएको भए पनि हाल काठमाडौं स्वास्थ्य कार्यालयमा खोपको मौज्दात समाप्त भएकाले अहिलेलाई खोप अभियान स्थगित गर्नुपरेको प्रमुख खड्काले बताएका छन् । सो खोप ५५ वर्ष माथिका उमेर समूहलाई असार २९ गतेदेखि लगाउन सुरु गरिएको छ । सरकारले चीन सरकारसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप लगाउन थालिएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले खोप ठिक्क पारेर राखिएको बताए पनि खोप अभाव भएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको छ ।

215847315_191717292907354_3951955129686067209_n.png

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १७:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।