Logo

प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मितिबारे निर्णय हुँदै



काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनको मितिबारे छलफल हुने बताइएकाे छ ।

यसअघि निर्वाचन आयोगले सिफारिस गरेको मितिबारे आज छलफल गरेर निष्कर्षमा पुग्ने तयारी रहेकाे स्रोतले बताएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले निर्वाचन सार्न लागिएको बताउँदै आएको छ ।

निर्वाचन आयोगले आगामी मंसिरको ४ गतेको लागि निर्वाचनको मिति सिफारिश गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १५:५३   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।