Logo

प्रमुख समाचार

राजेन्द्र लिङदेनको यो निर्णयलाई एमालेका नेताको दरिलो साथ



राजेन्द्र लिङदेन पुरानो पार्टिका नयाँ नेतृत्व हुन् । गत मसिंरमा आफैलाई नेता बनाएका नेतालाई अध्यक्षमा हराएर जितेर आएका लिङदेनले राप्रपालाई देशको बिकल्प बनाउने धेरैको अपेक्षा रहेको छ ।

उनै लिङ्देनले शनिबार रार्टिको केन्द्रीय कमिटि बैठकमा जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेका छन् । ३ दिन सम्म चलेको बैठकले वर्तामान ब्यवस्थालाई परिवर्तन गर्नपर्ने औल्याएपछि लिङ्देनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको अवधाराणालाई चुनावको एजेण्डको रुपमा अघि सारेका छन् ।

यसै बिषयमा कुरा गर्दै नेकपा एमालेका नेता शेर बहादुर तामाङले पनि सबिंधान संसोधन गरि प्रत्यक्ष कार्यकारी प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।

लिङ्देनले खर्चिलो, अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका छन् ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजिवन नै प्रभावित भएको भन्दै अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका हुन् ।

उनले राजसंस्थालाई बहिष्करण गरेकैका कारण शान्ति प्रक्रियाले हालसम्म पनि पूर्णता पाउन नसकेको तर्क गरे । चर्को मूल्य वृद्धि र बजार घाटा, वैदेशिक मुद्राको अल्प संचिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालिलाग्दो रहेको उनको भनाइ छ ।

उनले ठूला भनिएका दलहरुकै कारण मुलुकमा भ्रष्ट«चार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गरे ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १६:५८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।