Logo

राजनीति

सिंहदरबारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता, के-के विषयमा भयो कुराकानी ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरे । पछिल्लो सयम राजनीतिक वृतमा पाम्पन्थी एकता तथा समाजवादी केन्द्र निर्माणको विषय चर्चामा छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १८:०४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।