काठमाडौं । न्यायाधीशलाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका अधिवक्ता रुद्रप्रसाद पोखरेलले नेपाल कानुन व्यवसायी परिषद्मा स्पष्टीकरण बुझाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले उनलाई एक साताभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना निकालेको थियो ।
स्पष्टीकरण मार्फत उनले आरोप अस्वीकार गरेको बताइएको छ । स्पष्टीकरण पेश भइसकेपछि त्यसबारेमा अध्ययन गर्न परिषद्को अनुशासन समितिको बैठक बस्नेछ । त्यसपछि थप स्पष्टीकरण सोध्ने, बयानका लागि सशरीर बोलाउने वा सोझै कारबाहीको निर्णय गर्नेमध्ये कुनै निर्णय हुनसक्ने परिषदका एक सदस्यले बताए ।
थुनामा रहेका व्यवसायी इच्छाराज तामाङलाई छुटाउन न्यायाधीश कोइरालाई अधिवक्ता पोखरेलले करोडौ रुपैयाँको प्रस्ताव गरेका थिए । उक्त अडियो सार्वजनि भएपछि उनी विवादमा तानिएका हुन् ।




















प्रतिक्रिया