Logo

बैंकिङ

मुलुकको प्रधानमन्त्री परिवर्तन भएको साता कस्तो रह्यो शेयर बजार ? 



यस साता धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्चेन्ज नेप्से मा ८६ दशमलव ५३ अंकको उतारचढाव देखिएको छ । साताको पाँच कारोबार दिनमा नेप्सेले २९२९ दशमलव ७० को उच्च विन्दु चुमेको थियो भने २८४३ दशमलव १७ को न्यूनतम अंक बनाएको थियो । 

पाँच कारोबार दिनमा तीन दिन बढेर एक दिन घटेको बजारमा शेयर बजार परिसूचक नेप्से ५८ दशमलव ३ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबारको अन्तिम दिन शेयर बजार नेप्से २८२५ दशमलव ११ अंकमा बन्द भएको छ । यस सातामा उक्त परिसूचक ५८ अंकले बढेर २८८३ दशमलव ४१ अंकमा बन्द भएको छ । 

मुलुकको प्रधानमन्त्री परिवर्तन भएको सातामा नेप्से परिसूचक २ दशमलव ०६ प्रतिशतले उकालो लागेको छ । यस साता तीन लाख ५१ हजार २४३ पटकको व्यापारमा १७ करोड ३१ लाख ९६ हजार ९८२ कित्ता शेयरको खरिदविक्री हुँदा ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार ७५४ रुपैयाँ ७५ पैसा बराबरको कारोबार भएको छ । 

कारोबार रकममा गत साता भन्दा यस साता राम्रो सुधार देखिएको छ । गत साताको तुलनामा कारोबार रकम १४ अर्ब १२ करोड ४८ लाख ४ हजार ३९३ रुपैयाँ ७४ पैसाले वृद्धि भएको छ । गत साता २३ अर्ब २६ करोड ११ लाख ५१ हजार ३६१ रुपैयाँ १ पैसा बराबरको कारोबार भएको थियो । 

सरकार परिवर्तन भएको साता शेयर लगानीकर्ताहरुको सम्पती ८१ अर्ब १० करोड ६३ लाख ७५ हजार ६६६ रुपैयाँले बढेको छ । गत साता नेप्सेको बजार पूँजीकरण ३९ खर्ब २९ अर्ब ८५ करोड १४ लाख ३९ हजार ४५१ रुपैयाँ कायम भएकोमा यस साताको अन्तिममा करिब ८१ अर्ब रुपैयाँले बढेर ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १४ हजार ७१७ रुपैयाँ कायम भएको छ । 

साताको पाँच कारोबार दिन, कुन दिनको कारबोर कस्तो ? 

आइतबार

करिब दुई साता निरन्तर घटेको बजार अघिल्लो साताको अन्तिमदिन बढेर बन्द भएको थियो । यस साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से एकै पटक ७४ दशमलव ७१ प्रतिशतले बढेर २८९९ दशमलव ८२ अंकको विन्दुमा बन्द भएको थियो । 
शेयर बजार परिसूचक नेप्सेसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु २ प्रतिशत माथिले बढेका थिए । त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि २ दशमलव ६० प्रतिशतले बढेर ५४३ दशमलव ४३ अंकको विन्दुमा बन्द भएको थियो ।

आइतबार दुई सय २५ कम्पनीको ८२ हजार ४९ पटकको व्यापारमा तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयरको खरिदविक्री हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँ ३९ पैसा बराबरको कारोबार भएको थियो । 
आइतबारको बजार पूँजीकरणले पुन ४० खर्बको सिमा नाघेको थियो । आईतबारको बजार बन्द हुँदा नेप्सेको कुल बजार पूँजीकरण ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार ३ रुपैयाँ कायम भएको थियो । २ दशमलव ६४ प्रतिशतले बढेको बजारमा एक सय ७८ कम्पनीको शेयर मूल्य बढ्दा ४ कम्पनीको शेयर घटेको थियो । बाँकी एक कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो । 

सोमबार 

साताको पहिलो दिन करिब ७४ अंकले बढेको बजार दोस्रो दिन भने घटेको थियो । यस साताको सुरुवातदेखि बजार पुरानो (बुल) लयमा फर्किएको अनुमान गर्दै गर्दा संसद् पुनसर््थापनाको खबर आए लगत्तै नेप्से निरन्तर ओरालो लागेको थियो । सोमबार शेयर बजार परिसूचक नेप्से ४४ दशमलव ९८ अंकले घटेर २८५४ दशमलव ८४ अंकको विन्दुमा बन्द भएको थियो । नेप्से घट्दा शेयर बजारका सम्पूर्ण परिसूचकहरु रातम्मे देखिएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १ दशमलव ५८ प्रतिशतले ओरालो लाग्दै ५३४ दशमलव ८५ अंकको विन्दुमा बन्द भएको थियो । 

सोमबार २ सय २९ कम्पनीको ९२ हजार १९२ पटकको व्यापारमा २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयरको खरिदविक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२६ रुपैयाँ ९६ पैसा बराबरको कारोबार भएको थियो । ४० खर्ब माथि रहेको नेप्सेको बजार पूँजीकरण सोमबारको घटाईसँगै घटेर ३९ खर्ब ७१ अर्ब २ करोड ४० लाख ९२ हजार २७६ रुपैयाँ कायम भएको थियो । १ दशमलव ५५ प्रतिशतले घटेको बजारमा १० कम्पनीको शेयर मूल्य बढ्दा एक सय ७० कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी ३ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।

मंगलबार

बुधबार शेयर बजारमा खासै उतारचढाव देखिएको थिएन । सुरुवाती चरणमा घटेको बजार सोहि चरणमा सुधारीए पछि नेप्सेमा तिव्र उतारचढाव रोकिएको थियो । बुधबार शेयर बजार परिसूचक नेप्से १ दशमलव ०१ अंकले घटेर २८७२ दशमलव ०५ अंकको विन्दुमा बन्द भएको थियो । नेप्से सकारात्मक रहँदा शेयर बजारका अन्य सूचकहरु भने मिश्रित देखिएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक भने ० दशमलव ०३ प्रतिशतले घटेर ५३९ दशमलव ३८ अंकको विन्दुमा बजार बन्द भएको थियो । 

बुधबार दुई सय १४ कम्पनीको ५० हजार ५९१ पटकको व्यापारमा चार करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयरको खरिदविक्री हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँ ११ पैसा बराबरको कारोबार भएको थियो । बुधबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब ९५ अर्ब १६ करोड ४२ लाख ८२ हजार ६१६ रुपैयाँ कायम भएको थियो । ० दशमलव ०४ प्रतिशतले बढेको बजारमा ८१ कम्पनीको शेयर मूल्य बढ्दा ८७ कम्पनीको शेयर मूल्य बढेको थियो । बाँकी १२ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो । 

चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार 

साताको अन्तिम दिन तथा चालु आर्थिक वर्षको अन्त्यमा शेयर बजार साकारात्मक देखिएको थियो । बिहीबार शेयर बजार परिसूचक नेप्से ११ दशमलव ३३ अंकले बढेर २८८३ दशमलव ३८ अंकमा बन्द भएको थियो । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ० दशमलव ३७ प्रतिशतले घटेर ५४१ दशमलव ४० अंकमा बन्द भएको थियो । 

बिहीबार २ सय २३ कम्पनीको ७३ हजार २७२ पटकको व्यापारमा ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयरको खरिदविक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँ १९ पैसा बराबरको कारोबार भएको थियो । बिहीबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १४ हजार ७१७ रुपैयाँ कायम भएको थियो । ० दशमलव ३९ प्रतिशतले घटेको बजारमा एक सय १५ कम्पनीको शेयर मूल्य बढ्दा ५४ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी १४ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो । 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १३:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।