काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी चुनावमा ८ करोड मतपत्र छाप्नुपर्ने बताए ।
निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको उनले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते निर्वाचन गर्ने घोषणा गरे आश्चर्य नहुने पनि बताए ।
आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मंसिर आइतबारका दिन गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो ।




















प्रतिक्रिया