Logo

प्रमुख समाचार

न्यायपरिषद् बैठक : २२४ जिल्ला न्यायाधीशको सरुवा



काठमाडौं । न्यायपरिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ती जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा भएका न्यायाधीशहरुको विस्तृत विवरण बुधबार सार्वजनिक गर्ने परिषद्को तयारी छ । यस्तै जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् । त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १८:२६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।