Logo

समाचार

हिमाको वृक्षारोपण अभियान : ३२ हजार ६ सय ७६ बिरुवा रोपियो



जुम्ला । हिमा गाउँपालिकाले सुरू गरेको  वृक्षारोपण अभियानका क्रममा ३२ हजार ६ सय ७६ बिरुवा रोपिएकाे छ । गाउँपालिकाकाे नीति तथा कार्यक्रमअन्तर्गत बिरुवा रोप्ने अभियान चलाइएकाे हाे । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाका अनुसार विभिन्न स्थानमा सल्लो, देवदार, धुपी, ढटेलो, पिपल र किमुका बिरुवा रोपिएका छन् । हिमा गाउँपालिका-१ देवारगाउँको देवलढुंगा र भित्रीखोलामा ६ हजार तीन सय बिरुवा रोपिएका छन् ।

वडा नम्बर १ आचार्यलिहीको भित्री खोला जलविद्युत क्षेत्रमा तीन हजार ६ सय र वडा नम्बर १ बड्की पानीमुलको माथी नाङ्गा डाँडामा पनि  बिरुवा रोपिएका छन् । विभिन्न स्थानमा गरी ३२ हजार ६ सय ७६ बिरुवा रोपिएकाे गाउँपालिकाले जनाएकाे छ । 

गाउँपालिकाको नीति कार्यक्रमअन्तर्गत ग्रिन रोड, ग्रिन रिभर अन्तर्गत एक आर्थिक बर्षमा ५० हजार बिरुवा रोप्ने योजना छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार पाँच बर्षीय कार्यकालमा दुई लाख ५० हजार बिरुवा रोपिनेछ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।