Logo

प्रमुख समाचार

काठमाडौं फर्किएलगत्तै प्रदीप गिरी अस्पताल भर्ना, के भएको हो ?



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

भारतको मुम्बईस्थित एक अस्पतालमा लामो समयसम्म क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरीलाई मंगलबार नख्खुको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

क्यान्सरका कारण शरीरमा जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । गिरीलाई केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले बताएका छन् । स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १९:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।