Logo

खेलकुद

साफ यू–२० च्याम्पियनसिप : लगातार दोस्रो जितको खोजीमा नेपाल



काठमाडौं । साफ पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ । 

पहिलो खेलमा माल्दिभ्समाथि ४–० को शानदार जित हात पारेको नेपाल आज पनि जित निकाल्दै आफ्नो विजयी यात्रा कायम राख्ने सोचमा छ । 

पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको श्रीलंका पनि नेपाललाई हराउँदै पहिलो जित दर्ता गर्ने प्रयासमा छ । साफ यू–२० मा नेपाल र श्रीलंकाले पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ०७:१०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।