भारतले नेपाललाई कोरोना महामारीविरुद्ध लड्का लागि १५० आईसीयू बेड हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५० आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।
उक्त बेड हस्तान्तरण गर्दै राजदूत क्वात्राले नेपालमा कोभिड-१९ विरुद्ध लड्नका लागि स्वास्थ्य पूर्वाधार विकासका लागि भइरहेको सहयोगलाई सुदृढ पार्दै जानेसमेत बताएका छन् ।
कोरोना महामारीविरुद्धको लडाईंमा भारतले लगातार सहयोग गर्दै आएको छ । यसअघि पनि कोरोनाविरुद्धको खोप सहयोग गरेको थियो ।
नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि विभिन्न मुलुकहरुले बधाईका साथै सहयोग पनि गरिरहेका छन् । यसअघि चीनले नेपाललाई १६ लाख डोज खोप दिने घोषणा गरेको थियो ।




















प्रतिक्रिया