काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत ओशो सन्यासी बनेपछि के अब उनले राजनीति छाडेका हुन् भन्ने जिज्ञासा बढेको छ । तर उनले राजनीति नछाड्ने स्रोतले बतायो ।
हिजो काठमाडौंमा स्वामी आनन्द अरुणले दिएको दीक्षा ग्रहण गरेपछि राउत सन्यासी बनेका हुन् ।
काठमाडौंस्थित रानीबारीमा रहेकव ओशो तपोवनमा ९ दिनसम्मको ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् । सन्यासपछि राउतको नाम फेरेर ‘आनन्द मैत्रय’ बनेको छ । ओशो सन्यासी बनेपछि उनले राजनीति नछाड्ने भए पनि पोशाक र आचरणमा फरक पर्ने बताइन्छ ।
‘उहाँ राजनीतिमा नै सक्रिय रहिरहनुहुनेछ । सन्यासी बनेपछि गरिरहेको काम छोड्नुपर्छ भन्ने हुँदैन’, राउतनिकट स्रोतले भन्यो ।




















प्रतिक्रिया