Logo

राजनीति

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता 



काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–अमेरिका सम्बन्ध, विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ खोप लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ३ : १५ बजे