Logo

प्रमुख समाचार

महँगी र भ्रष्ट्राचारविरुद्ध प्रेस चौतारीको आन्दोलन परिचालन कमिटी गठन



काठमाडौं । प्रेस चौतारी नेपालले चर्को महँगी, भ्रष्ट्राचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रबार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ । चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो ।

परिचालन कमिटीलाई नेकपा एमालेले १६ साउनमा आयोजना गरेको महँगी र भ्रष्ट्राचारविरुद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ । परिचालन कमिटीमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरु उपाध्यक्ष देविका घर्तीमगर, महासचिव हिरामान लामा, उपमहासचिव शुरोजंग पाण्डे, राजु सुबेदी, कोषाध्यक्ष इन्द्र आचार्य र सचिवहरु हरिबल्लभ नेपाल, विष्णु तारुके, लोग्सरी कुँवर, उपत्यकामा रहेका केन्द्रीय सदस्य, भूगोल, प्रतिष्ठान र एशोसिएट कमिटीका पदाधिकारी सदस्य रहेका छन्।

बैठकमा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले महँगीविरुद्धको जनप्रदर्शनमा आम जनतालाई सडकमा उतार्ने काममा आ–आफ्नो ठाउँबाट जुट्न निर्देशन दिए । चौतारीको बैठकले महँगीले आम जनताको जनजीवनमा पारेको प्रत्यक्ष प्रभावबारे सूचनानामूलक र जनचेतनामूलक सामग्री उत्पादनगरी प्रचार गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ८ : २१ बजे