Logo

खेलकुद

रोनाल्डोले युनाइटेडबाट मैत्रीपूर्ण खेल खेल्ने



काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रायो भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

रोनाल्डोले सामाजिक संजालबाट भ्यालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका हुन् । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेल आइतबार ओल्ड ट्राफोर्डमा हुनेछ ।

 उनले आज हुने एट्लेटिको मड्रिडविरुद्धको मैत्रीपूर्ण भने खेल्ने छैनन् । रोनाल्डो पछिल्लो समय क्लब छाड्ने योजनामा छन् । उनी प्रि-सिजन टुरका लागि थाइल्याण्ड र अस्ट्रेलिया गएका थिएनन् ।

रोनाल्डो केहि दिन अघि मात्र युनाइटेड फर्किएका हुन् । 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार ०९:५३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।