काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता–कार्यकर्ता सबैले पार्टी अनुशासनको दायराभित्र बसेर अभिव्यक्ति दिनुपर्ने बताएका छन् । कांग्रेस कार्यकता भएपछि उसले गर्ने गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जिम्मेवार बन्नुपर्ने बताए ।
कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजा गरेको प्रशिक्षण कार्यक्रम मा बोल्दै नेता सिहले पार्टीको निर्णयको पक्षमा सबै जना उभिन सके मात्रै पार्टी बलियो हुने उनको भनाइ छ । आन्तरिक एकता बलियो भएमात्रै देशमा देखिएका चुनौती सामना गर्न सकिने भन्दै नेता सिंहले बताए । सार्वजनिक मञ्चबाट या सामाजिक संजालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा आफू व्यक्तिगत रुपमा पपुलर भइएपनि पार्टी कमजोर हुने भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।
नेता सिंहले अझै पनि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेकाले राजनीति स्थायीत्व र संविधानको अक्षरश कार्यनय कांग्रेसले मात्रै गर्न सक्ने भएकाले कांग्रेस पहिलो दल बन्नेगरी निर्वाचन केन्दित हुन पनि आग्रह गरे ।
नेता सिंहले मुलुको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिष्ट पार्टीहरु भएको आरोप लगाए । मुलुकमा देखिएका तमाम समस्याको समाधान कांग्रेस बाहेक अरु दलले गर्न नसक्ने कुरा विगतका तमाम राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको समेत उनले बताए ।




















प्रतिक्रिया