Logo

राजनीति

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् : फोहोर व्यवस्थापन हुन नसक्नुको मुख्य कारण फोहोरभित्रको गिरोह



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले फोहोरमैला भित्रको गिरोहकै कारण फोहोरको समस्या समाधान गर्न नसकेको बताए ।

‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ । सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं’, मन्त्री श्रेष्ठले भने, ‘फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन ।’

अब स्थानीय तहले नै फोहोरमैलालाई व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने मन्त्री श्रेष्ठले बताए । स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकारको सहयोग रहने पनि उनले बताए । मन्त्री श्रेष्ठले मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको पनि बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार १२:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।