Logo

राजनीति

गठबन्धन कमजोर पार्ने भनेकै आफू बलियो भएर हो- एमाले वरिष्ठ उपाध्यक्ष पाेखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूहरु बलियो बने गठबन्धन त्यत्तिकै कमजोर हुने बताएका छन् । अहिले पार्टीपंक्तिमा गठबन्धनप्रति त्रास रहेको भन्दै उनले भाकल गरेर मात्रै गठबन्धन कमजोर भने नहुने बताए ।

एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा पोखरेलले भने, ‘ुगठबन्धन भयो भने हामी कसरी जित्ने होला भन्ने मनोविज्ञान छ । यो गठबन्धन के हुन्छ कमरेड भनेर मनोवैज्ञानिक त्रास छ । त्यसको उत्तर के’, उनले भने, ‘सोझो उत्तर के भने, त्यसलाई कमजोर बनाउने भनेको आफू बलियो हुने हो । तर हामी बलियो भएनौँ भने भाकल गरेर गठबन्धन कमजोर हुँदैन ।’

पोखरेलले गठबन्धनले गरेका कुकृत्यहरुको भण्डाफोर गर्नुपर्ने बताए । उनले आफ्नो पंक्तिलाई अहिले पनि एकतावद्ध गर्ने, पार्टीमा प्रवेश गरेकाहरु लल्लरीबिल्लरी भएर त्यत्तिकै अलपत्र भएका छन् कि, प्रवेश गरेकाहरुलाई व्यवस्थित गर्ने, पार्टी सदस्यता प्रदान गर्ने र सदस्यता प्राप्त गरेकाहरुलाई संगठित गर्ने जस्ता काममा ध्यान दिन आग्रह गरे ।

उनले गर्नुपर्ने काम नगर्ने र गठबन्धन टुट्छ कि टुट्दैन, गठबन्धन भयो भने कसरी जित्ने जस्ता ध्यान दिइएकोमा असन्तुष्टि जनाए । अहिले पनि सर्वाधिक लोकप्रिय मत एमालेले प्राप्त गरेको भन्दै व्यवस्थापकीय कमजोरीका कारण सिटसंख्या अलिकति कम भएको बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार १४:३१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।