Logo

राजनीति

अरुले २० वर्षमा पनि गर्न नसकेका काम हामीले गर्‍यौं : ओली



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुले २० वर्षमा पनि गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरेका छन् । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा उनले कांग्रेसले अहिलेसम्म एमालेको जस्तो काम गर्न नसकेको टिप्पणी गरे ।

‘हामीले धेरै काम गरेका थियौँ । २० वर्षमा अरूले गर्न नसेका काम हामीले गरेका हौँ’ उनले भने ‘ नेपाली कांग्रेसले २१ वर्ष सम्म केहि नयाँ योजना केही विचार ल्याउन सकेन ।’ उनले नेपाली कांग्रेस कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत आरोप लगाए ।

उनले एमाले सरकारले गरेको थुप्रै कामहरूको प्रचार हुन नसकेकोसमेत बताए । ‘गएको निर्वाचनमा हामीले गरेका काम पर्याप्त रूपमा जनतामा सामु लैजान सकेनौँ आगामी निर्वाचनमा त्यस्तो हुन दिन हुन्न । गएको निर्वाचनमा गठबन्धनवालाहरूले प्रहरी प्रशासन सबै राज्य संयन्त्रहरुको दुरुपयोग गरे हाम्रा विरुद्ध प्रयोग गरे अबको निर्वाचनमा हामीले हुन दिन हुँदैन’ उनले भने, ‘त्यो कमी सच्चाउनै पर्छ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तो कमजोरी नगर्न सुझाव दिएका थिए । उनले आगामी निर्वाचनमा राष्ट्रिय युवा संघ अझै सशक्त हुनु पर्नेमा जोड दिए । टोल टोलमा पुगेर आफ्नो संगठन निर्माण गर्न ओलीले युवा संघलाई सुझाव दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार १७:३३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।