Logo

राजनीति

निर्वाचनपछि देउवा राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति गरिसकेका छन् : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने सहमति गठबन्धनमा भइसकेको दाबी गरेका छन् । उनले निर्वाचनमा सँगै मिलेर जाने र त्यसपछि शेरबहादुर देउवा राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरे ।

राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड र कांग्रेस नेतृ तथा देउवा पत्नी आरजू देउवाले आलोपालो प्रधानमन्त्री बन्ने सम्मको सहमति भएको कुराहरू बाहिर आएको दाबी गरे । उनले भने, ‘हामीले सुनेका छौँ । प्रचण्ड, देउवा र आरजू बसेर चुनावमा सँगै मिलेर जाने । अनि तिमी काले म पन निकाले सँगै मिलेर खाऊँ भाले भनेजस्तै देउवा राष्ट्रपति हुने प्रचण्ड र आरजू प्रधानमन्त्री हुने ।’

बस्नेतले पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा शक्तिको प्रयोग गरी प्रमाणहरू मेटाइएको दाबी पनि गरेका छन् । एमालेको आन्दोलन र विरोधका कारणले बजेटमाथि भएको सेटिङ छानबिनका लागि समिति बने पनि काम नभएको बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार १९:२२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।