एमालेका अध्यक्ष केपी ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनअमान्य रहेको बताएका छन् । राष्ट्रिय युवा संघले शनिबार गरेको कार्यक्रममा ओलीले बहुमत र अल्पमतको आधारमा ल्याइएकोसमितिको प्रतिवेदन मान्न नसकिने बताए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११सदस्यीय संसदीय समितिले शुक्रबार सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएको थियो । ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । ‘११ जनाको समिति बनाउने, ७ जनाआफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?’ ओलीले प्रश्न गरे । ओलीले समितिको रिपोर्ट तथ्यमा आधारित नभएकीले त्यसलाईमान्न नसकिने बताए । ओलीले समितिलाई सीसीटीभी फुटेज र कल डिटेल हेर्न नदिएकोओलीले बताए । ७ जना आफ्ना मानिस राखेर बहुमत र अल्पमतका आधारमा प्रतिवेदन पेश भएकाले जनताले अस्वीकार गर्ने उनकोभनाइ थियो ।
१५ श्रावण २०७९, आईतवार ००:१८



















प्रतिक्रिया