Logo

कर्पोरेट फोकस

चाँदीको मूल्य घट्दा, सुनको मूल्य कति ?



नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ११:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।