Logo

स्वास्थ्य

काठमाडौंमा कहाँ-कहाँ लगाइँदैछ कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप ?



अमेरिकाबाट कोभ्याक्स कार्यक्रम अन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप काठमाडौंमा आजदेखि लगाइँदैछ । आजदेखि ६ गते (बुधबार) सम्म निश्चित उमेर समूह र वर्गमा नागरिकलाई खोप दिइने भएको हो । अमेरिकाबाट अघिल्लो सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।

कोभिड-१९ विरुद्ध खोप अभियान संचालन सम्बन्धमा नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, जिल्ला खोप समन्वय समिति, काठमाडौंको मिति २०७८/३र२९ को निर्णयअनुसार कोभिड-१९ विरुद्ध लगाइने जोन्सन एंड जोन्सन खोप केन्द्रहरुमा उल्लेखित विवरण अनुसार आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

खोप केन्द्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, काठमाडौँ मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल पानीपोखरी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, पिपल्स डेण्टल तथा जनरल अस्पताल सोह्रखुट्टे, हिमाल अस्पताल ज्ञानेश्वर, सामुदायिक स्वास्थ्यसेवा परिषद डल्लु, छत्रपाटी निःशुल्क चिकित्सालय छत्रपाटी र जनमैत्री अस्पताल बालाजुमा तोकिएको छ । 

त्यसैगरी मनमोहन अस्पताल स्वयम्भू, काठमाडौँ मोडल अस्पताल प्रदर्शनी मार्ग, ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर धुम्बाराही, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, नेशनल हस्पिटल कलङ्की, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र गौशाला, कान्तिपुर अस्पताल तीनकुने, राधास्वामी आइसोलेशन सेन्टर बसुन्धरा र जनकल्याण माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ ।

नरदेवी आयुर्वेद अस्पताल नरदेवी, महेन्द्रनारायणनिधि अस्पताल बसुन्धरा, नेपाल भारत मैत्री अस्पताल चावहिल, मेट्रो अस्पताल नारायण गोपाल चोक, इरा इन्टरनेशनल अस्पताल सोह्रखुट्टे र हेल्पिङ् ह्याण्ड्स अस्पताल चावहिलमा केन्द्र रहेको छ । कामपाले हालसम्म सात प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाएको छ भने  १६ प्रतिशत नागरिकले एक मात्रा मात्र खोप लगाएका छन् । 

218640114_3039539342944020_5913141828583440198_n.png

216825247_171340038322310_3202733059575456898_n.png

 

 

 

 

 

 

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  १२ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।