Logo

स्वास्थ्य

कोरोना अपडेट : १ हजार २५८ जना कोरोनामुक्त‚ ३२ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर एक हजार २५८ जना संक्रमित निको भई घर फर्किएका छन् । योसँगै नेपालमा कुल ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै सोमबार थप दुई हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टायता देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कुल ७ लाख १८ हजार ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सोमबारमात्रै ३२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ५ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।