Logo

शिक्षा

मापसे गरेर बिद्यालय जाने हेडसरलाई १ हजार जरिवाना



जाजरकोट । मादक पदार्थ सेवन गरेर विद्यालय पुग्ने क्रममा पक्राउ परेका हेडमास्टर पक्राउ एक हजार रुपैयाँ धरौटी तिरे पछि मात्रै घर फर्किन पाएका छन ।

जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) भक्तबहादुर मल्ल मदिरा सेवन गरी विद्यालय पुगेको खबर बिद्यार्थीहरुले दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको मेडिकल चेकजाँचका क्रममा मापसे गरेको पाइएको पुष्टी भए पछि कारबाहीका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा पठाएको थियो । मादक पदार्थ सेवन गरेर विद्यालय पुगेका हेडमास्टर मल्ललाई दोषी ठहर गर्दै प्रशासनले एक हजार रुपैयाँ धरौटी तिराएर घर फिर्ता पठाएको हो ।

प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार १ हजार रुपैयाँ धरौटी तिराएर छाडिएको उनलाई बिद्यालमा हाजिरी गर्न नलगाई घर फिर्ता गरिएको हो । सो क्रममा मादक पदार्थ सेवन गरी अब देखी बिद्यालयमा प्रवेश नगर्न पनि प्रधानाध्यापक मल्ललाई सचेतसमेत गराईएको छ ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  १० : ०० बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।