Logo

शेयर बजार

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको आजदेखि हकप्रद निष्कासन



हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)को हकप्रद शेयर (आज) मंगलवारदेखि निष्कासन भएको छ । 

कम्पनीले एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले हालको चुक्तापूँजी ११ अर्बको आधारमा १ सय रुपैयाँ अंकित दरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीले शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन्। योग्य आवेदकले साउन २५ गतेसम्म आफ्नो हक बमोजिममको शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।