Logo

शेयर बजार

समृद्धि फाइनान्सले लिलामीमा ल्याएको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन



समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो ।

शेयर खरीदका न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुनाले तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको थियो । शेयर बिक्रि प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १२:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।