Logo

स्वास्थ्य

भेरी अस्पतालमा थप दुई संक्रमितकाे मृत्यु, २० जना सिकिस्त



नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, ट्राफिक चोकका ८४ वर्षिय पुरुषको शनिबार राती ९ः ५५ बजे र कोहलपुर नगरपालिका वडा नम्बर–८ गोल्छा निवासी ७१ वर्षिया महिलाको शनिबार राती १० बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।

यससहित बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

बाँकेको भेरी अस्पतालमा आठ र शिक्षण अस्पताल कोहलपुरमा १२ जना गरी २० जना सङ्क्रमित भने सिकिस्त अवस्थामा रहेकाे जनाइएकाे छ ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ८ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।