मंगलबार आयोजना प्रभावित स्थानीयवासीका लागि दुई जलविद्युत्को साधारण शेयर (आइपिओ) निष्काशन भएको छ । मध्यभोटेकोशी जलविद्युत् र तेह्रथुम पावर कम्पनीको आइपिओ खुलेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई प्रतिशेयर १०० अंकित दरका कूल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
जसमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरूका लागि छुटाइएको छ भने बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई छुट्याइएको छ ।
तेह्रथुमले चार लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।
प्रतिक्रिया