Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–६८)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।

१. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाख २२ गते सार्वजनिक गरेको प्रदेशस्तरीय लेखा तथ्याङ्कअनुसार कुन प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण छ ?

उत्तर– बागमती प्रदेश (६.७ प्रतिशत)

– प्रदेशगत आर्थिक वृद्धिदर एवं अर्थतन्त्रको आकार (आ.व. २०७८÷७९ प्रक्षेपित)

– चालू आ.व.मा सबैभन्दा बढी आर्थिक वृद्धिदर बागमती प्रदेश (६.७ प्रतिशत) को हुने अनुमान रहेको ।

– सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेमा दोस्रो स्थानमा गण्डकी प्रदेश (६.१७) रहेको ।

– चालू आ.व.मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा रु. ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएको । यसमा सबैभन्दा बढी हिस्सा बागमती प्रदेश (३६.९ प्रतिशत)को रहेको ।

– विभागले चालू आर्थिक वर्षको छदेखि नौ महिनासम्मको तथ्याङ्क तथा सूचना र बाँकी अवधि सामान्य अवस्था रहने अपेक्षा गरी आर्थिक वृद्धिदरको अनुमान गरेको ।

– विश्वमा प्रचलित विधि टप–डाउन एप्रोचमा आधारित भएर प्रादेशिक अर्थतन्त्रको आकार र आर्थिक वृद्धिदरको अनुमान गरिएको विभागले जनाएको ।

२. राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा कहिले सार्वजनिक गरेको हो ?

उत्तर– वि.सं. २०७९ वैशाख २४

– लोगोमा माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको । आकाशे निलो आकृतिले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रङको चार धर्साले ट्र्याक र परेवाको पखेटालाई दर्शाएको । चार धर्साले साबिकको प्रदेश ४ लाई पनि दर्शाएको । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको ।

– मस्कटका रूपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको ।

– छनोट भएको लोगो र मस्कट काठमाडौँको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पार्नुभएको ।

– खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको ।

– खेलकुदको नारा सुयोग्यराज काफ्लेले तयार गर्नुभएको ।

३. हाल नेपालमा वन क्षेत्रले ओगटेको हिस्सा कति रहेको छ ?

उत्तर– ४४.७४ प्रतिशत

– नेपालको कुल वन क्षेत्रमा सबैभन्दा बढी वन क्षेत्र रहेको प्रदेश ः कर्णाली

– नेपालको कुल वन क्षेत्रमा सबैभन्दा कम वन क्षेत्र रहेको प्रदेश ः मधेस प्रदेश

– प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा बढी वन क्षेत्र रहेको प्रदेश ः सुदूरपश्चिम प्रदेश

– प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा कम वन क्षेत्र रहेको प्रदेश ःमधेस प्रदेश

४. नेपाल सरकारले नेसनल आईसीटी एक्सिलेन्स अवार्ड–२०२२ कसलाई प्रदान ग–यो ?

उत्तर– पङ्कज जलान

५. संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई कहिलेसम्ममा अल्पविकसितबाट मध्यम स्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ?

उत्तर– सन् २०२६

६. चीनको होङझाउ सहरमा तय गरिएको एसियाली खेलकुद प्रतियोगिता कति औँ संस्करण हो ?

उत्तर– १९औँ (सन् २०२२ सेप्टेम्बर १०–२५ सम्म सञ्चालन गरिने भएको १९औँ एसियाड स्थगित भएको ।)

– चिनियाँ ओलम्पिक कमिटी, एसियाडको ओलम्पिक सहर र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)बीच सन् २०२२ मे ६ मा सम्पन्न बैठकले १९औँ एसियाड तत्कालका लागि स्थगित गरेको ।

– बैठकले नयाँ मिति तय नगरेको ।

– विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले चीनमा कोरोना सङ्क्रमण दर बढिरहेका कारण एसियाड स्थगित भएको दाबी गरेका । चीनले भने एसियाड स्थगित गर्नुका कारण नजनाएको ।

७. ‘रातो कर माफ गर’ भन्ने आन्दोलन केसँग सम्बन्धित छ ?

उत्तर– स्यानिटरी प्याडको मूल्य

८. ‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

उत्तर– सुदूरपश्चिम प्रदेश

९. अफगानिस्तानमा ‘मस्को फम्र्याट डायलग’को आयोजना गर्ने राष्ट्र कुन हो ?

उत्तर– रुस

१०. हालै सगरमाथाको कति उचाइमा स्वचालित मौसम केन्द्र राखिएको छ ?

उत्तर– ८८३० मिटर

– चिनियाँ वैज्ञानिकको सगरमाथा आरोहण टोलीद्वारा सो केन्द्र स्थापना गरिएको ।

– पृथ्वी शिखर मिसन २०२२ नाम दिइएको सो टोलीमा १४ सदस्य रहेका । टोलीका एक जना भने चिसोका कारण तल्लो आधार शिविरमा नै रहेका ।

– सगरमाथामा रहेको मौसम केन्द्रले त्यहाँको वर्तमान मौसमी विवरणको जानकारीसँगै विश्वव्यापी तापक्रम वृद्धिको असर मूल्याङ्कन गर्न सघाउ पुग्ने विश्वास गरिएको ।

– यसअघि सन् २०१९ मा त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग एवं अमेरिकास्थित नेसनल जिओग्राफीको संयुक्त पहलमा सगरमाथा क्षेत्र (८४३० मिटर उचाइ)मा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिएको थियो ।

११. सन् २०२१ अक्टोबरमा सम्पन्न साफ च्याम्पियनसिप प्रतियोगिता कुन देशमा आयोजना गरिएको होे ?

उत्तर– माल्दिभ्स

१२. ‘युद्ध साहित्य पुरस्कार २०७८’ कुन कृतिलाई प्रदान गरियो ?

उत्तर– अफगानी रणमैदान (लेखक ; केदार सङ्केत)

१३. सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

उत्तर– वि.सं. २०७८ असार १४

– भक्ति थापा राष्ट्रिय विभूति घोषित भएसँगै नेपालमा घोषणा गरिएका राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको ।

– यिनले ७३ वर्षको उमेरमा नेपाल–अङ्ग्रेज युद्धमा मलाउँ किल्ला देउथल पोस्टको नेतृत्व गरेका ।

– वि.सं. १७९९ मा लमजुङमा जन्मिएका थापाको निधन वि.सं. १८७२ वैशाख ६ मा देउथलमा भएको ।

१४. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

उत्तर– मोहन कोइराला

१५. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?

उत्तर– एन्जियोप्लास्टी

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ५ : ३२ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।