मंगलबार शेयर बजार परिसूचक नेप्सेमा ९ दशमलव ०१ अंकको करेक्शन देखिएको छ । आज नेप्से परिसूचक ९ दशमलव ०१ अंकले घटेर २९८५ दशमलव ५७ अंकको विन्दुमा बन्द भएको छ ।
शेयर बजारमा नेप्से परिसूचकसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ० दशमलव ५० प्रतिशतले घटेर ५५८ दशमलव १२ अंकको विन्दुमा बन्द भएको छ ।
मंगलबार दुई सय १९ कम्पनीको ८४ हजार ४६८ पटकको व्यापारमा तीन करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको खरिदविक्री हुँदा सात अर्ब ८९ करोड ७५ हजार ९४ हजार २६९ रुपैयाँ ०५ पैसा बराबरको कारोबार भएको छ ।
मंगलबार अरुण काबेली पावर लिमिटेडको सर्वाधिक दुई हजार ७६४ पटकको व्यापारमा उक्त कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९६८ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा अरुण भ्याली हाइड्रोपावर डेभ्लप्मेन्ट कम्पनीको २६ करोड ९८ लाख ४१ हजार २३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार अधिकांश सामूहिक लगानी कोषको शेयर मूल्य बढेका छन् । लक्ष्मी इक्विटि फन्ड र लक्ष्मी उन्नती कोषको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै ऋणपत्रका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् ।
मंगलबारको समूहगत परिसूचकहरु भने मिश्रित देखिएका छन् । ८ समूह ओरालो लाग्दा ५ समूह उकालो लागेका छन् ।
सामूहिक लगानी कोष ६ दशमलव २९ प्रतिशतले बढ्दा व्यापार समूहको परिसूचक ३ दशमलव २० प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक भने सामान्य औसत एक प्रतिशतले घटबढ भएका छन् ।
मंगलबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब ७ करोड ९० लाख ३४ हजार ३०२ रुपैयाँ ८ पैसा बराबरको कारोबार भएको छ ।
० दशमलव ३० प्रतिशतले घटेको बजारमा ६७ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ११ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।





















प्रतिक्रिया