Logo

मनोरञ्जन

चौंथो संस्करणको सगरमाथा म्युजिक अवार्डकाे आवेदन खुल्याे



काठमाडौं । चौंथो साहारा एप सगरमाथा म्युजिक अवार्ड ०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको टाइटल स्पोन्सर राइड सेयरिङ एप साहारा एपले गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा छ । म्युजिक अवार्डमा ०७८ सालभरीमा बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्ड निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।

अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए । साहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १४:३२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।