Logo

प्रमुख समाचार

चुनावबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सत्तारुढ गठबन्धन दलहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । दिउँसो ३ बजेदेखि बैठक सुरु भएको हाे ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको उपस्थिति रहेको छ । यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । प्रधानमन्त्री देउवालेसमेत छिट्टै निर्वाचनको मिति तोकिने बताउँदै आएका बेला सरकारमा सहभागि दलहरुबीच छलफल गर्न बैठक बसेकाे बताइएकाे छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार १६:४२   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।