Logo

शेयर बजार

मैलुङ खोला जलविद्युत कम्पनीको आइपिओ साउन १४ गतेदेखि निष्काशन हुँदै



मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ आंकितदरमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ११:४१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।