Logo

पत्रपत्रिका

सिनेमाघरमा तीन नयाँ चलचित्र



काठमाडौं । सिनेमाघरहरूमा नेपाली चलचित्र ‘म’, हलिउडको ‘बुलेट ट्रेन’ र भारतीय चलचित्र ‘रामराव अन ड्युटी’ प्रदर्शनमा आएका छन् । सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ सस्पेन्स, थ्रिलर चलचित्रमा पर्छ । अस्पतालमा भर्ना हुने एक शङ्कास्पद बिरामी जसले त्यहीँबाटै आपराधिक कार्य गर्छ त्यही आपराधिक कार्यहरूभित्र चलचित्रको कथा बुनिएको छ । चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सञ्जोग रसाइली, निराजन प्रधान, प्रमुख भूमिकामा देखिनुभएको छ । चलचित्रलाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो ।

हलिउड चलचित्र ‘बुलेट ट्रेन’ ब्राड पिटको प्रमुख भूमिका रहेको चलचित्र हो । पाँचजना ‘हत्यारा’ जो आ–आफ्नो मिसन लिएर एउटै रेलमा यात्रा गरिरहेका हुन्छन् उनीहरूकै वरिपरि चलचित्र घुमेको छ । चलचित्रलाई डेभिड लेइचले निर्देशन गर्नुभएको छ । चलचित्रमा ब्राड पिटसँगै जोय किङ, कारेन फुकुहारा, आरोन टेलर जोनसनलगायतको भूमिका रहेको छ । 

दक्षिण भारतीय फिल्म ‘रामराव अन ड्युटी’ पनि आजै प्रदर्शनमा आएको छ। चलचित्रमा रवि तेजा एउटा असर प्रहरी अधिकृतको भूमिकामा देखिनुभएको छ। सरत माण्डवाले चलचित्रलाई निर्देशन गर्नुभएको हो । चलचित्रमा रवि तेजासँगै रजिसा विजायान, दिव्यांशा कोशिकलगायतको अभिनय रहेको छ । यस्तै पहिला नै प्रदर्शन भइसकेको चलचित्र ‘चपली हाइट ३’ सिनेमाघरहरूमा पुनः प्रदर्शनमा आएको छ । चलचित्रमा अर्पण थापा र स्वस्तिमा खड्का प्रमुख भूमिकामा देखिनुभएको छ । गोरखापत्रमा समाचार छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०९:२८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।