Logo

अन्तर्राष्ट्रिय

अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन



एजेन्सी/मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण गरिरहेकी छन् । समाचार अनुसार सुजैन चाँडै अर्सलानसँग विवाह गर्दैछिन् ।

‘सुजैन र अर्सलान निकै मेच्युर भइसकेका छन् । त्यहीकारण उनीहरु आफ्नो जिन्दगी एकसाथ बिताउन चाहन्छन् । त्यसकारण चाँडै नै विवाह गर्ने तयारीमा छन् । सुजैनले पनि दोस्रो विवाहका लागि गम्भीरतापूर्वक विचार गरिरहेकी छन् । उनीहरुले साधारण तरिकाले विवाह गर्ने योजना बनाएका छन् ।

ऋतिक र सुजैनले सन् २००० मा विवाह गरेका थिए । यो जोडी बलिउडमा रुचाइएको जोडीमा पर्दथे । तर दुवैको सम्बन्ध लामो समय चल्न पाएन । उनीहरुले सन् २०१३ मा डिभोर्स गरे । 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ११:०४   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।