चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले का्रंग्रेससँग एक्लै चुनाव लड्न सक्ने तागत भए पनि संविधानको रक्षा र देश विकासका लागि तालमेल आवश्यक परेको बताएका छन् । आज (शनिवार) चतिवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि गठबन्धनमा तालमेल गर्नुपरेको बताए ।
‘सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ’, उनले भने । तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एकसय सिट पाउनुपर्ने उनको दाबी छ । अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने पनि उनको भनाइ थियो ।
संविधान र एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरु एक ठाउँ उभिएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।




















प्रतिक्रिया