Logo

राजनीति

संसदमा एमालेको प्रश्न : कामचलाउ भइसकेकाे सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएकोले सदनलाई बिजनेश दिनसमेत नमिल्ने बताएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिँदै उनले प्रश्न गरे, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १२:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।