Logo

शेयर बजार

आदर्श लघुवित्तको आइपिओ आउँदै, बिक्री प्रबन्धकमा बिओके क्यापिटल



आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख रुपैयाँ बराबरको जम्मा ६० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्रीमा ल्याउने भएको हो ।

आईपिओ निष्काशनको लागि लघुवित्त कम्पनीले बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । सम्झौता अनुसार शेयर निष्काशन भईसकेपछि शेयर रजिष्ट्रारको कार्य पनि बिओके क्यापिटलले नै गर्ने छ । 

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार १३:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।