साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से तीन हजारको विन्दु माथि पुगेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से १८ दशमलव ७६ अंकले बढेर ३००४ दशमलव ३३ अंकको विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचकसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु बढेका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ० दशमलव ७३ प्रतिशतले बढेर ५६२ दशमलव २८ अंकको विन्दुमा बन्द भएको छ ।
बिहीबार दुई सय २२ कम्पनीको एक लाख १४ हजार ७७२ पटकको व्यापारमा पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयरको खरिदविक्री हुँदा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५ रुपैयाँ ७१ पैसा बराबरको कारोबार भएको छ ।
बिहीबार केषि विकास बैंकको सर्वाधिक ३ हजार ५५३ पटकको व्यापारमा सर्वाधिक ४६ करोड २७ लाख ६४ हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल बैंकको ३६ करोड ५ लाख ८० हजार ७२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पाटर्नर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक ४ दशमलव ०७ प्रतिशतले गुमाएका छन् ।
बिहीबारको समूहगत परिसूचकहरु भने मिश्रित देखिएका छन् । पाँच समूहको परिसूचक बढ्दा बाँकी आँठ समूहको परिसूचक भने घटेको छ ।
लगानीकर्ताहरुको आकषर्ण म्यूचुयल फन्डमा देखिएको छ । उक्त समूहको परिसूचक ५ दशमलव २७ प्रतिशतले बढ्दा बैंकिङ्ग समूहको परिसूचक १ दशमलव ७३ प्रतिशतले बढेर आजको बजार बन्द भएको छ ।
बिहीबारको बजार बन्द हुँदा नेप्सेको कुल बजार पूँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ रुपैयाँ ५ पैसा कायम भएको छ ।
० दशमलव ६३ प्रतिशतले बढेको बजारमा ९१ कम्पनीको शेयर मूल्य बढ्दा ८६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।





















प्रतिक्रिया