काठमाडौं । सत्तारुढ गठबन्धनले अगामी मंसिर ४ का लागि तय भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले संयोजकमा कृष्णप्रसाद सिटौलालाई चयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तैफ बैठकले सिट बाँडफाँटका आधारहरू बारे सामान्य छलफल समेत गरेको कार्यदलका एक सदस्यले बताए । बैठकले सिट बाँडफाँटका आधारहरूमा स्थानीय तहमा जस्तै पहिले जितेका सिट तत पार्टीले लिने र एमालेले जितको सिटहरू बाँड्ने निर्णय समेत गरेको छ ।
मन्त्री कार्कीका अनुसार कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने छ । गठबन्धनको अर्को बैठक साउन २६ गते अपरान्ह ४ बजे बस्नेछ ।


















प्रतिक्रिया