Logo

प्रमुख समाचार

पशुपतिमा राष्ट्रपतिलाई कालो झण्डा देखाउन खोज्ने युवाहरु पक्राउ



काठमाडौं । पशुपति मन्दिर परिसरमा राष्ट्रपतिलाई कालो झण्डा देखाउन खोज्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । सोमवार साँझ पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झण्डा देखाउन खोज्दा गौसला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सरिता केसी, पुष्पा तामाङ, कोपिला अधिकारी र लक्ष्मी छन् । देशलाई धर्मनिरपेक्षता घाेषणा गर्नेहरुलाई मठमन्दिर धाउन नसुहाउने भन्दै आफूहरुले कालो झण्डा देखाउन खोजेको पक्राउ परेकी सरिता केसीले स्वीकारिन् । अहिले उनीहरु गौसला प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १९:४७   :  बजे

495
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।