Logo

मनोरञ्जन

यस्तो छ दयाहाङ र सौगातको ‘दुई नम्बरी’को टिजर (भिडिओसहित)

प्रदर्शन मितिमा हेरफेर



काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक गर्दै प्रदर्शन मितिमा हेरफेर गरिएको छ ।

कात्तिक ४ गते प्रदर्शन हुने भनिएको फिल्म अब असोज २१ गते प्रदर्शन हुनेछ । मंगलबार सार्वजनिक गरिएको टिजरमा दयाहाङ र सौगातलाई तस्करको रुपमा देखाइएको छ । फिल्मको कथा निर्देशक लामाले नै तयार पारेका हुन् । 

दुई साथीको मित्रतालाई देखाइएको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ ।

फिल्ममा सौगातको जोडी उपासना र दयाहाङको जोडीको रुपमा उगेनलाई देख्न सकिन्छ । भुटानी अभिनेत्री उगेन याे डेब्यू नेपाली फिल्म हाे । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् । सुशान्त प्रजापतिको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, जयन जे वाइवाको संगीत छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १८:००   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।